काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामासहितको टोलीले प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङ्छुप क्षेत्रमा पुगी दर्शन गरेका छन् । नमोबुद्धदेखि आएका लामासहित जनप्रतिनीधि र कर्मचारीहरुको टोलीले ३० साउन विहान दर्शन गरेका हुन् । थाहा नगरपालिकासँग सिकाइ आदानप्रदानको क्रममा आइपुगेका टोली धार्मिक क्षेत्रमा पनि पुगेको हो । मन्दिर क्षेत्र पुगेको टोलीलाई ऋषेश्वर/छ्युमिग झ्याङ्छुप क्षेत्र विकास समितिका सदस्य निरोज प्रधान तथा स्थानीय पत्रकार शम्भू अधिकारीसहतिको टोलीले सहजीकरण गरेका थिए । टोलीले थाहा–३ शंखमूल परिसरमा निर्माण भएको १०८ शंखधारा अवलोकन गरेका थिए । शंखधारा स्नान तथा अवलोकनमा पुगेका टोलीलाई थाहानगर प्रमुख विष्णु बहादुर विष्ट तथा उपप्रमुख भरत गोपालीले स्वागत गरेका थिए । भ्रमण टोलीले थाहा शीतभण्डारको पनि अवलोकन भ्रमण समेत गरेका थिए ।

ऋषेश्वर दर्शन टोलीमा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट, लेखा अधिकृत अमर जिसी, सन्दिप पौडेल, थाहानगर खेलकुद विकास समितिका सदस्य यादवजंग रायमाझी, अरुण रायमाझी, रामबहादुर विष्टलगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । ऋषेश्वर पुगेका नगर प्रमुख लामाले प्रशिद्ध तिर्थस्थलको दर्शन गर्न पाउँदा खुशी व्यक्त गरे । थाहा नगरपालिकाले स्थानीय कानून निर्माण गरी क्षेत्र विकास समिति गठन गरी गरेको व्यवस्थापकिय काम सिकनीय रहेको प्रतिक्रिया दिए । स्थानीय धर्मसंस्कृति र संस्कारमा नगरपालिकाले गरेको उदाहरणीय कायृको प्रमुख लामाले प्रशंसा गरे ।

नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुषमा महता केसीले थाहा नगरपालिकाको उदाहरणीय कार्य धेरै सुनेको तर आज प्रत्येक्ष देख्न पाएको प्रतिक्रिया दिइन् । स्थलगत रुपमै पनि शिक्षा, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापनको र अन्य विकास निर्माणका काम सिक्नयोग्य रहेको बताइन् । नेपालको २५ पालिकामा क्षयरोगमुक्त पालिका घोषणा गर्ने कार्यक्रमको ‘पाइलटिङ’ शुभारम्भ गर्दा आफू केन्द्रमा रहेको र त्यति बेलादेखि नै थाहा नगरपालिका आउन रुची भएपनि समय नमिलेको स्मरण गरिन् । थाहा साँच्चै थाहा रहेछ, यहाँबाट सबैले थाहा पाउन सके स्थानीय तहको कार्यसम्पादन र सुशासनको क्षेत्रमा राम्रो काम गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत केसीको भनाइ थियो ।

सिकाइ आर्दानप्रदान कार्यक्रममा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सुशासन प्रवद्र्धन शाखाका उपसचिव कृष्ण गिरी, नमोबुद्ध नगरपालिकाका सिनियर इन्जिनियर दिलभक्त जयना, लेखा अधिकृत बिदुर शर्मा नेपाल, प्रशासन शाखा प्रमुख अनिता अधिकारी, ३ नम्बर वडाध्यक्ष रमेश तिवारी, १० नम्बर वडाध्यक्ष रामकृष्ण उपाध्यायलगायतकाको सहभागिता रहेको थियो ।

थाहानगरपालिका आएका टोलीलाई नगरपालिकाको तर्फबाट प्रशिद्ध ऋषेश्वरको फोटोसहितको मायाँको चिनो प्रदान गरिएको थियो । नगर प्रमुख विष्टले अतिथीहरुलाई मकवानपुरको पहिचान दारको ठेकी, थाहा डायरी तथा ऋषेश्वरको फोटो प्रदान गरेका हुन् । एक–अर्को पालिकाको सिकाइ आदान प्रदानले सिकाइ भई विकास र सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने बताइएको छ ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्