प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास कोषबीच सिकाइ आर्दान प्रदान कार्यक्रम भएको छ । मकवानपुर थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको नेतृत्वमा दुप्चेश्वर पुगेका टोलीले क्षेत्र विकास कोषका पदाअधिकारीसँग छलफल गरेको हो । कार्यक्रमको सबै व्यवस्थापन पर्यटन उद्यमी अर्जुनसिंह ठकुरीले गरेका थिए ।
दुप्चेश्वरस्थित कोटबारी होटलमा भएको सिकाइ आदान प्रदान कार्यक्रम दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष तथा दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष शंकर बहादुर थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा थाहानगरबाट पुगेका टोलीहरुलाई दुप्चेश्वरको ऐतिहासिकता, कोष सञ्चालन तथा व्यवस्थापन, आरती तथा पुजा व्यवस्थापन लगायतको व्यवस्थापकीय र सुशासनका असल अभ्यासको विषयमा अध्यक्ष थापा तथा कोषाध्यक्ष राजकुमार श्रेष्ठ, पुजारी भगवानहरि धिताललगायतले जानकारी गराएका थिए ।

क्षेत्र विकास कोषले आरती व्यवस्थापन, दैनिक पूजा तथा स्नानलगायतको व्यवस्थापकीय कार्य सिकनीय रहेको थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले सुनाए । कार्यक्रममा थाहानगरको ऋषेश्वरका साथै अन्य धार्मिक क्षेत्रको विषयमा नगर प्रमुख विष्ट तथा उपप्रमुख भरत गोपालीले जानकारी गराएका थिए । कार्यक्रममा थाहानगर स्थित ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समितिका अध्यक्ष बिनोद कुमार लामाले ऋषेश्वर÷छ्युमिग झ्याङछुपको ऐतिहासिक पृष्ठभूमि, धार्मिक आस्था तथा साँस्कृतिक पक्षको विषयमा जानकारी गराएका थिए । अध्यक्ष लामाले एकअर्का तिर्थबीच सहकार्य गरेर अघि बढ्न सके धार्मिक क्षेत्रको विकासका लागि मद्दत पुग्ने बताए ।

कार्यक्रममा पर्यटन उद्यमी अर्जुनसिंह ठकुरीले दुई धार्मिक संस्थकीचको अन्तरक्रिया र सिकाइ आदानप्रदानले पर्यटन प्रवद्र्धनका सहयोग पुग्ने अपेक्षा राखे । मकवानपुरको थाहा नगरपालिका, नुवाकोटलगायत देशका विभिन्न स्थानमा पर्यटन उद्यम अन्तर्गत होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएका ठकुरीले दुप्चेश्वर क्षेत्र विकास कोष परिवारलाई मकवानपुरको थाहानगर लगायतको स्थानमा घुम्न आउन निम्तो दिए । ठकुरी लामो समयदेखि होटल व्यवसायमा आवद्ध हुँदै आउका छन् ।
सिकाइ आर्दान प्रदान कार्यक्रममा नगर प्रमुख विष्ट, उपप्रमुख गोपाली तथा क्षेत्र विकास समितिका पदाअधिकारीहरुलगायतको सहभागिता रहेको थियो ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्