प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ । मकवानपुरको थाहा नगरपालिकामा रहेको ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समितिले १९ साउनमा ‘क्युआर सेवा’ सार्वजनिक गर्दै गुनासो एवं सुझावका लागि डिजिटल सेवा सुरु गरेको अध्यक्ष बिनोद कुमार लामाले जानकारी दिए ।

क्षेत्र विकास समितिले धार्मिक सेवा, पर्यटन, सरसफाइ, पूर्वाधार, सुरक्षा, कर्मचारी तथा स्वयंसेवकको व्यहार, पुजारी तथा लामा सम्बन्धी वा अन्य जुनसुकै विषयमा गुनासो वा सुझाव क्युआर रिड गरी मोबाइलबाटै दिन सकिने व्यवस्था गरेको अध्यक्ष लामाको भनाइ छ । भक्तजन, पर्यटक वा अन्य जुनसुकै नागरिकको प्रतिक्रिया लिन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन क्युआर सेवा सुरु गरेको क्षेत्र विकास समितिले जनाएको छ ।

क्युआरमार्फत क्षेत्र विकास समितिको समितिको सेवा, गुनासो, सुझाव र सो बाहेक कुनै पनि विषयमा सुझाव वा गुनासो क्युआर आर्फत नै गर्न सकिने लामाको भनाइ छ । सबैको पहुँच पुग्ने गरी क्युआर सामाजिक सञ्जाल मार्फत क्षेत्र विकास समितिले सार्वजनिक गरिएको हो ।

सुझाव डिजिटल हुने भएकोले त्यस्ता सुझावलाई नियमित निगरानी तथा समीक्षा गरी सुधारात्मक कार्यका लागि सहज हुने समितिको विश्वास रहेको छ । नागरिकले क्युआर स्क्यान गरी २४सै घण्टा घरमै बसेर सुझाव दिन सकिने भएकोले प्रभावकारीता हुने ठहरसहित क्षेत्र विकास समितिले यस्तो विधि अपनाएको प्रतिक्रिया दिएको छ ।

पालिका प्रेस
थप जानकारी