मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन गरेका छन् । ऋषेश्वरमा अपरान्ह ३ बजेसम्म ३ हजार ५० भन्दा बढिले दर्शन गरी फर्केको ऋषेश्वर/छ्युािमग झ्याङछुप क्षेत्र विकास समितिका सदस्य निरोज प्रधानले जानकारी दिए ।
मेला व्यवस्थापनका क्रममा ऋषेश्वर पुगेका प्रधानले दिनभर नै भक्तजनहरु आइरहेको जानकारी दिए । झमझम पानी परिरहँदा समेत कुनैपनि प्रवाह नगरी मन्दिरमा पुग्ने भक्तजनहरुको घुइचो लागेकोे थियो । ३ बजेपछि पनि फाट्टफुट्ट भक्तजनहरु ऋषेश्वर जानेक्रम निरन्तर रहेको प्रधानले बताए । भक्तजनको घुँइचो भएपछि थप व्यवस्थित गर्नका लागि नेपाल प्रहरीलाई समेत आमन्त्रण गर्न परेको ऋषेश्वर पुगेका पत्रकार शम्भू अधिकारीले बताए ।
ऋषेश्वरमा भक्तजनको घुइचो बढेपछि लाइन लागेर पुजा आरधना गर्नु परेको थियो । ऋषेश्वरमा शनिबार मात्र भक्तजनले चढाएको भेटी १६ हजार पाँचसय रुपैयाँ संशलन भएको । ऋषेश्वर/छ्युािमग झ्याङछुप क्षेत्र विकास समितिले ऋषेश्वरमा संकलन भएको भेटी नियमित रुपमा सार्वजनिक गर्ने गरेको छ ।
यसैबीच काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामाले पनि शनिबार ऋषेश्वर दर्शन गरेका छन् । ऋषेश्वर पुगेका नगर प्रमुख लामाले प्रशिद्ध तिर्थस्थलको दर्शन गर्न पाउँदा खुशी व्यक्त गरे । थाहा नगरपालिकाले स्थानीय कानून निर्माण गरी क्षेत्र विकास समिति गठन गरी गरेको व्यवस्थापकिय काम सिकनीय रहेको प्रतिक्रिया दिए ।
हेर्नुहोस् फोटोहरुः




























































प्रतिक्रिया दिनुहोस्