फोटो सौजन्यः ऋषेश्वर क्षेत्र विकास समिति

मकवानपुरको प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुपमा २५ साउनमा एकैदिन ३४ हजार सातसय २० रुपैयाँ भेटी संकलन भएको छ । थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको ऋषेश्वर÷छ्युमिग झ्याङछुप क्षेत्र विकास समितिले सार्वजनिक गरेको भेटी संकलन विवरणमा उक्त रकम संकलन भएको जनाइएको छ ।

ऋषेश्वरमा २५ साउनमा परेको सोमबारका दिन लागेको मेलाको अवसरमा भक्तजनहरुले चढाएको रकम समितिले सार्वजनिक गरेको हो । हिन्दू र बौद्ध धर्मावलम्वीहरुको साझा तिर्थस्थलको रुपमा परिचित यस स्थानमा साउनको सोमबार, शिवरात्री, हरिबोधनी एकादशी, फागूपूर्णिमा लगायतका धेरै पर्वहरुमा मेला लाग्ने गर्दछ ।

थाहा नगरपालिका अन्तर्गत रहने गरी गठन भएको क्षेत्र विकास समितिले मन्दिरको समग्र व्यवस्थापनका साथै भेटी व्यवस्थापन गर्दै आएको ऋषेश्वर÷छ्युमिग झ्याङछुप क्षेत्र विकास समितिका अध्यक्ष बिनोद लामाले जानकारी दिए । उनले भक्तजनले चढाएको भेटीबाट हुने विकास कार्यलाई आम नागरिकसामू सार्वजनिक गरिने समेत प्रतिक्रिया दिए ।

पालिका प्रेस
थप जानकारी