उद्योगी, व्यवसायी तथा करदातालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले थाहानगर उद्योग वाणिज्य संघले तीनदिने कर शिविर सञ्चालन गर्ने भएको छ।

संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय, हेटौंडा र थाहा नगरपालिकाको समन्वय एवं सहयोगमा सञ्चालन हुने उक्त शिविर २०८३ साल श्रावण २०, २१ र २२ गते थाहा नगरपालिका–४, शिखरकोटस्थित थाहानगर उद्योग वाणिज्य संघको कार्यालय मा सञ्चालन हुनेछ। शिविर बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म सञ्चालन हुने जनाइएको छ।

शिविरमा करदाताको बायोमेट्रिक दर्ता, आय विवरण भरी कर दाखिला, अनलाइन नवीकरण, नयाँ व्यवसाय दर्ता, कारोबार थपघट लगायतका सेवा प्रदान गरिनेछ। साथै थाहा नगरपालिकासँग सम्बन्धित व्यवसाय नवीकरण, नयाँ व्यवसाय दर्ता तथा कारोबार थपघट सम्बन्धी सेवा पनि उपलब्ध गराइने आयोजकले जनाएको छ।

उद्योगी, व्यवसायी तथा करदाताले एकै स्थानबाट विभिन्न सेवा प्राप्त गर्न सक्ने भएकाले तोकिएको मिति र समयमा उपस्थित भई शिविरको अधिकतम लाभ लिन थाहानगर उद्योग वाणिज्य संघले अनुरोध गरेको छ।

1000051929-1785773519.jpg

पालिका प्रेस
थप जानकारी