काठमाडौँ महानगरपालिकाले अन्तिम लेखा परीक्षण गर्ने कार्य अवधिभर बिदामा नबस्न कर्मचारीलाई निर्देशन दिएको छ ।
काठमाडौँ महानगरको प्रशासन विभागका प्रमुख ध्रवकुमार काफ्लेले पत्राचार गर्दै सबै विभागीय प्रमुख, वडा सचिव, लेखा प्रमुख एवं राजस्व हेर्ने कर्मचारीहरूलाई अन्तिम लेखा परीक्षण गर्ने कार्य सम्पन्न नभएसम्मको अवधिमा बिदा नबस्न र बिदा स्वीकृति नगर्न पनि निर्देशन दिएका हुन् ।
‘…काठमाडौं महानगरपालिकाको आ.व. ०८०।०८१ को अन्तिम लेखा परीक्षण गर्ने कार्यको अवधि भर सबै विभागीय प्रमुख र खर्च तथा कार्यक्रममा संलग्न जिम्मेवार कर्मचारीहरु तथा सबै वडा सचिव/लेखा प्रमुख/ राजश्व हेर्ने कर्मचारीहरुले आ.व.०८०।०८१ को अन्तिम लेखा परीक्षण गर्ने कार्य सम्पन्न नभएसम्मको अवधिमा बिदा नबस्नु र सम्बन्धित अधिकारीले स्वीकृत नगर्नु/नगराउनु हुन यसै पत्रबाट जानकारी गराइन्छ,’ पत्रमा उल्लेख छ ।

















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्