मकवानपुर थाहा नगरपालिकामा क्रियाशील लियो क्लव अफ पिस थाहाले २१ पुसमा ८औं स्थापना दिवस तथा वर्ष २०२४÷०२५ को पदस्थापना कार्यक्रम गरेको छ । थाहा नगरपालिका नगर कार्यपालिकाका उपप्रमुख तथा लायन्स क्लव अफ थाहाका सल्लाहकार भरत गोपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो अवसरमा गोपालीले लियो क्लव पिस थाहाको सामाजिक कार्यप्रतिको सकृयताको उच्च सम्मान गर्दै नगरपालिकाले क्लबका हरेक गतिविधिहरुमा आवश्यक सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । ‘यस्तो संस्था चलाएर राम्रो–राम्रो कार्य गरेर देश र समाजको लागि केही गर्छु भन्ने यस क्लबका सदस्यहरुप्रति गर्वको अनुभति भएको छ’–गोपालीले भने–‘समाज परिवर्तनका लागि सबै एकजुट भएर लाग्नुपर्छ ।’
लियो क्लव अफ पिस थाहाको अध्यक्ष रोशनी गोपालीको अध्यक्षतामा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा सम्पन्न कार्यक्रमममा लायन्स क्लव अफ पिस थाहाका संस्थापक अध्यक्ष तथा लायन्स क्लव अफ ३२५ एम नेपालका डिष्टिक को– चिफ लायन सुरेन्द्रमान प्रधान , लियो ३२५ एम डिष्ट्रिक काउन्सिलका डिस्ट्रिक प्रेसिडेन्ट प्रेम राज तिवारी, लायन्स क्लव थाहाका अध्यक्ष सत्यदेवी स्याङ्तान, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सबिन बाबु अर्याललगायतकाको आतिथ्यता रहेको थियो ।
क्लबको कार्यसमितिका अध्यक्ष शिशिर कुमार खत्री, क्लबका प्रथम उपाध्यक्ष शितल बिष्ट, द्वितीय उपाध्यक्ष प्रेरणा खत्री ,सचिव अजय कार्की, कोषाध्यक्ष बिराज थापा, सहसचिब नारायण कार्की, सहकोषाध्यक्ष प्रशुमा बिष्ट, जनसम्पर्क अधिकारी स्मिता विष्ट, सचेतक निशान्त प्रधान, टेमर सृष्टि गोपाली र अध्यक्ष प्रमुख सल्लाहकार बिनिता वाईबा सल्लाहकारमा पूर्व अध्यक्षहरु अनित बिष्ट, गणेश बिष्ट, कमल बिष्टको पदस्थापना गरिएको थिया ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्