मकवानपुरको दुई वटा सडक; मकवानपुरगढीको वासुदेव मार्ग र कैलाश गाउँपालिकाको सदरमुकाम प्रवेश गर्ने सडक चुनिया नामटार सडकको स्तरिकरणको आगि १२ करोडको स्थलगत सर्वेक्षण र स्टिमेट गर्ने कार्य सम्पन्न भएको छ । चालू आर्थिक बर्षमै चुनिया नामटार सडकमा रु. २ करोड १५ लाख ४६ हजार र सहिद वासुदेव मार्गमा १ करोड ६२ लाख बजेट विनियोजन भइ ठेक्का आह्वान भइ चिनियाँ नामटार सडकमा काम भइ रहेकोछ र वासुदेव मार्गमा काम सम्पन्न भइसकेको छ ।
केही दिन अगाडि मात्रै एमाले नेता एवम् मुख्य सचेतक महेश बर्तौलाले आफ्नो सामाजिक संजाल मार्फत दुवै सडकको लागि चालू आर्थिक बर्षमै ६/६ करोड थपिएको जानकारी दिएका थिए । बिहिबार नै बर्तौलाको स्वकीय सचीव आशिष अस्लामी सडक डिभिजन हेटौंडाका प्राविधिक टोली सहित फिल्डको सर्वेक्षणका लागि पुगेका थिए र आज शुक्रबार टोली मकवानपुरगढीको सहिद वासुदेव मार्ग पुगेका हुन् । भीमफेदी गाउँपालिकाको ९ नम्बर वडा अध्यक्ष प्रकाश पुडासैनीका अनुसार -“गत आ.व.मा संघीय भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको रु. १ करोड बजेट मार्फत चुनिया गुम्बा सम्म कालो पत्रे भएको छ । यस आर्थिक बर्षमा विनियोजित बजेटले लागेको ठेक्का मार्फत अगाडि काम भइ नै रहेको छ । अब माननीयज्यूको पहल मार्फत आएको ६ करोडबाट यसै साल सडक कालोपत्रे, घुम्ती सुधार, संरक्षण वालहरुको काम सक्दै नामटारको बजार सम्म काम गर्नेछौं ।”

मकवानपुरगढीमा पनि ” सबै ठाउँमा ७ मिटर चौंडा स्ल्याब ढलान हुनेछ । यसै आर्थिक बर्षको १ करोड ६२ लाख बजेट मार्फत निकै काम भएको छ र यो ६ करोड बजेटले विभिन्न ठाउँहरुमा ह्युम लाइप राख्ने, कल्भर्ट बनाउने तथा सडक स्ल्याब ढलानको कार्य गर्नेछौं ।”- मकवानपुरगढीका पुर्व अध्यक्ष बिदुर हुमागाईँले वताए ।



















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्