मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा (समाजवादी) पार्टी परित्याग गरेर पालिका कमिटीका अध्यक्ष मन कुमार स्याङ्तानको नेतृत्वमा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । १६ साउनमा पार्टी केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई एमालेमा स्वागत गर्नु गरेका हुन् ।
उक्त पार्टी प्रवेश कार्यक्रममा समाजवादी पार्टी इन्द्रसरोवर कमिटीका उपाध्यक्ष गुणराज रुम्बा, सचिवालय सदस्यहरु जगत बहादुर स्याङ्तान, दिपेश थोकर, अनिल रुम्बा, पंचलाल डिम्डुङ, पेशागत महासंघ बागमती प्रेदश कमिटीका कार्य बाहक अध्यक्ष लक्ष्मी डिम्डुङ, चितवन जिल्ला अध्यक्ष पुष्प मरठ्ठा र धादिङ जिल्ला अध्यक्ष कृष्ण प्रसाद दाहाल एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा. राजन भट्टराई, एमाले केन्द्रिय कमिटी सदस्य तथा मुख्य सचेतक महेश बर्तौला लगायत नेताहरुले प्रवेश गराएका हुन् ।
आफ्नै घर फर्केकोमा स्वागत गर्दै पार्टी महासचिव पोखरेलले क्षमता अनुसारको उचित जिम्मेवारी दिईने बताउदै र १६ साउनबाटै पार्टी काममा लाग्न निर्देशन दिए ।

















































पालिका प्रेस 
















प्रतिक्रिया दिनुहोस्