राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहानगर कमिटीले वडा नम्बर ८ मा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ । आयोजित वडा भेलाले सर्वसम्मत रूपमा सरोज कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित कमिटीको उपाध्यक्षमा प्रकाश थिङ, कोषाध्यक्षमा सुमित्रा सापकोटा र सचिवमा वेसराम घलान चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा धिरज कार्की, निर्मला सापकोटा, एशोदा कार्की, अच्युत सापकोटा, रोहित रसाइली, प्रवीण थिङ र पूर्ण बहादुर थिङ रहेका छन्।

भेलाले संगठनलाई अझ सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न जिम्मेवारी समेत तोकेको छ । जसअनुसार प्रचार–प्रसार संयोजकमा गोबिन्द कार्की र सुहिन सिल्वाल चयन भएका छन् भने सल्लाहकारमा देवेन्द्र सापकोटा, कुमार सिल्वाल र गौरव गोदारलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी संगठन संयोजकको जिम्मेवारी रामकाजी कार्की, सोम घलान र दिपक सिल्वाललाई प्रदान गरिएको छ। भेलामा सहभागी वक्ताहरूले वडा तहदेखि नै पार्टी संगठनलाई बलियो बनाउँदै जनतासँग प्रत्यक्ष रूपमा जोडिने प्रतिबद्धता व्यक्त गरेका थिए। नवगठित कमिटीले स्थानीय स्तरका समस्या समाधान, सुशासन प्रवद्र्धन तथा जनमुखी कार्यमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

पालिका प्रेस
थप जानकारी