जयराम खत्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहा नगर समितिको सभापतिमा जयराम केसी निर्विरोध चयन भएका छन् । उनी थाहानगर सभापति पदमा दोहोरिएका हुन् । १४ जेठमा थाहानगरमा भएको रास्वपाको प्रथम नगर अधिवेशनबाट निर्विरोध सभापति पदमा चयन भए ।

नगर समितिको उपसभापतिमा साकार कार्की, सचिव रामशरण गोपाली, सहसचिव राजन विडारी चयन भएका छन् । नगर सदस्यहरुमा सुक्रराज गोपाली, बुनुमैयाँ थिङ, सानुमैयाँ अधिकारी, विजयकुमार थिङ, माइला गुरुङ, सुवास केसी र कपिल थापा चयन भएका छन् । नगर समितिका सबै पदाअधिकारी तथा सद्यसयहरु निर्विरोध भएका हुन् ।

नगर समितिको सल्लाहकारमा दिपक नेपाली र विकेशबाबु बस्नेत चयन भएकाछन् भने ¥याट संयोजकमा सुमन विष्ट चयन भएका छन् ।

पालिका प्रेस
थप जानकारी