मकवानपुर थाहा नगरपालिकामा विजया दशमीको अवसरमा भएको अन्तरवडा भलिबल प्रतियोगिताको उपाधि आयोजक सोल्टू युवा क्लबले चुमेको छ । थाहा–६ बज्रवाराहीलाई पछि पार्दै सोल्टूले उपाधि चुमेको हो । प्रतियोगितामा थाहा–५ को टिम तेस्रो भएको छ ।

प्रथम भएसँगै सोल्टू युवा क्लबले खसी पुरस्कार पाएको छ । क्बले निख्खर कालो खसी पुरस्कारका साथै खेलाडीहरुले शिल्ड तथा मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा दोस्रो भएको टिमले बोको र तेस्रो भएको टिमले कुखुराको भाले, शिल्ड मेडल तथा प्रमाण पत्र पुरस्कार पाएको आयोजक समितिका रुपक कार्कीले जानकारी दिए ।

प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट, विशेष अतिथी उपप्रमुख भरत गोपाली, २ नम्बर वडाध्यक्ष बम बहादुर सिन्तानलगायतले पुरस्कार वितरण गरेका थिए । थाहा नगरपालिका वडा नम्बर २ को मत्स्यनारायण खेल मैदानमा ११ असोजबाट शुरु भएको प्रतियोगिता १३ असोजमा समापन गरिएको हो । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो ।

तीनदिनसम्म सञ्चालन भएको प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सहकार्य र सहयोग गर्नेप्रति सबैलाई आयोजक सोल्टू युवा क्लबले आभार प्रकट गरेको छ । प्रतियोगिताका लागि आर्थिक, भौतिक, प्राविधिक तथा नैतिक सहयोग पु¥याउनेलाई धन्यवाद दिदै आयोजकले खेलाडीहरूलाई उत्साह दिने दर्शक, स्थानीय संघसंस्था, पत्रकार तथा सुरक्षाकर्मीहरूप्रति कृतज्ञता व्यक्त गरेको छ । साथै क्लबले आगामि दिनमा समेत साथ र सहयोगको सबैसँग अपेक्षा गरेको छ ।

पालिका प्रेस
थप जानकारी