थाहानगरको पालुङ बहुमुखी क्याम्पसले आयोजना गरेको हरितालिका तीज विशेष नृत्य प्रतियोगितामा बीबीएस दोस्रो वर्षकी छात्रा मोनिका खत्रीले उत्कृष्ट घोषित भएकी छिन् । क्याम्पस प्राङ्गणमा भएको प्रतियोगितामा उत्कृष्ट भएकी खत्रीलाई सम्मान स्वरुप डायरी, शिल्ड र नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनका सभापति मुकेश गोलेको अध्यक्षता तथा क्याम्पस प्रमुख राजन मिश्रको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रम क्याम्पसकी विद्यार्थी रमिना कार्कीले संचालन गरेकी थिइन् । नृत्य प्रतियोगिता निर्णायकहरुमा सहायक प्राध्यापक हरिकृष्ण कार्की र सुजता लामा थिङ रहेकी थिइन् ।

कार्यक्रममा क्याम्पस प्रमुख राजन मिश्रले विद्यार्थीहरुको सक्रिय सहभागिताले पठन पाठनका साथै अतिरिक्त क्रियाकलापमा पनि निखारता आउने भएकोले प्रतियोगिताको आयोजना गरिएको बताए । उनले अतिरिक्त क्रियाकलापहरुले व्यक्तित्व विकासमा टेवा पुग्ने भएकोले आगामि दिनमा सबै विद्यार्थीहरुलाई स्वस्फुर्त कार्यक्रममा सहभागी हुन आग्रह गरे । स्वतन्त्र विद्यार्थी युनियन पालुङ क्याम्पसका सभापति मुकेश गोलेले विद्यार्थी हक अधिकारका निमित्त विद्यार्थी संगठन सधै तयार रहेकोले ढुक्क भएर आफ्ना पठनपाठनमा परेका समस्याको बारेमा संगठनलाई जानकारी गराउन अनुरोध गरे ।

सो अवसरमाम क्याम्पसका सहायक प्राध्यापक हरिकृष्ण कार्कीले हरितालिका तीजको महत्व तथा भड्किलो तिजका गित तथा नित्यले पारेको प्रभावको बारे प्रष्ट पारेका थिए ।

पालिका प्रेस
थप जानकारी