अर्थमन्त्री जनार्दन शर्माले चितवन काठमाडौंको यात्रा ४५ मिनेटमा झार्नेगरी द्रूतमार्ग निर्माणको काम सुरु भईसकेको बताएका छन् ।

नेपाल उद्योग व्यपार महासंघ चितवनको पाँचौ जिल्ला सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले काठमाडौंबाट ४५ मिनेटमा चितवन आइपुग्ने गरि सडक निर्माणको काम लगानी बोर्डमार्फत प्रारम्भ भएको बताए । ‘काठमाडौंबाट चितवनमा ४५ मिनेट भित्र आउने गरी सडक निर्माण गर्ने योजना मैले अघि सारेको छु । लगानी बोर्ड मार्फत काम प्रारम्भ भएको छ’, उनले भने ।

उक्त द्रुतमार्गको प्रारम्भिक सर्भे भइरहेको उनले बताए । छिट्टै टेन्डर आह्वान गरेर द्रुतमार्ग निर्माण गरिने उनले बताए । उक्त योजना केबल भाषणका लागि मात्र नभई कार्यान्वयन गर्नका लागि ल्याईएको उनको भनाइ थियो । ‘प्रारम्भिक सर्भे हुँदैछ । छिट्टै टेन्डर आह्वान गरेर बाटो निर्माण गरिनेछ’, उनले भने, ‘यो भाषण गर्न भनिएको होइन, कार्यान्वयन गर्न बनाईएको योजना हो ।’

यो योजना सम्भव रहेको उनले दाबी गरे । ‘यो सम्भव छ । मैले सर्भे गरेको छु सम्भव छ कि छैन भनेर । चन्द्रागिरी छेडेर थाहा नगरपालिकाबाट सिधै चितवन आईपुग्ने गरी यो बाटो बन्छ’, उनले भने । यसले चितवनको बिकासलाई नयाँ उचाईमा पुर्‍याउने उनको भनाइ थियो ।

पालिका प्रेस
थप जानकारी