नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पालुङले विद्युत नियमित सुचारु नगरेको भन्दै स्थानीय युवाहरुले केन्द्रको मूल गेटमा बुधबार ताला लगाएका छन् ।

प्रत्येक शनिबार तथा सार्वजनिक बिदाको दिनमा नियमित जसो विद्युत मर्मतको नाममा प्रसारण लाइन अवरुद्ध गर्ने गरेको र बिना सूचना दिनहुँ दशौ पटक समेत अवरुद्ध हुने गरेपछि युवाहरुले ताला लगाएका हुन् ।

‘प्राधिकरणमा गुनासो राख्न गएका थियौं तर त्यहाँ हामीसङ्ग कसैले पनि कुरा गर्न चाहेन, हाकिमलाई फोन गर्दा समेत फोन नउठाएपछि हामीले मूल गेटमा ताला लगाएका हौँ ।’ अगुवा युवा सुमन रायमाझीले बताए । ‘गार्ड दुई जना रहेछ, अरु कर्मचारीहरु कोहि पनि बाहिर आएनन्, कुरा गर्न आवश्यक महशुस गरे कल गर्न भनेका छौँ, अन्यथा ताला खोलिने छैन भन्ने चेतावनी दिएर आएका छौँ ।’ रायमाझीले भने ।

यस विषयमा प्राधिकरण प्रमुख विरमान राजकोटीसङ्ग प्रतिक्रिया लिन खोज्दा फोन उठेन ।

पालिका प्रेस
थप जानकारी