मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ (क) मा दुई उमेद्वारबीच कडा प्रतिस्पर्धा देखिने भएको छ । प्रमुखतः सत्ता गठबन्धनको उमेद्वार कुमारी मोक्तान र एमालेका उमेद्वार विष्णु प्रसाद ढकालबीच कडा प्रतिस्पर्धा हुने भएको छ । यद्यपि मकवानपु–२ (क) मा ८ जनाले उमेद्वारी दर्ता गराएका छन् । निर्वाचन नजिकिएसंगै चुनावी अंक गणित शुरु भएको छ । विशेषतः हालै सम्पन्न स्थानीय तह निर्वाचनको मतभारलाई आधार मानेर मत आँकलन हुने गरेको छ ।
स्थानीय तह निर्वाचन, २०७९ मा पार्टीका वडा अध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने मकवानपुर–२ (क) मा २१ हजार ६ सय १४ मतसहित नेकपा एमाले पहिलो पार्टीको रुपमा रहेको छ । नेपाली काँग्रेस १६ हजार ७ सय २१ मतसहित दोस्रो र ११ हजार ४ सय ३६ मतसहित तेस्रो पाटीको रुपमा रहेको छ । नेकपा एकीकृत समाजवादीको १ हजार ६४८ मत मात्र रहेको छ । यो सम्बन्धित पार्टीको वडाध्यक्षले पाएको सदर मत संख्या हो ।
नौ वटा राजनीतिक दलको र स्वतन्त्रसहित यस निर्वाचन क्षेत्रमा ५४ हजार ३७ मत सदर भएको थियो ।

स्रोत: निर्वाचन आयोग
मतभारका आधारमा अहिलेको सत्ता गठबन्धनको मत ३० हजार २६९ रहेको छ । नेकपा एमाले एक्लैको मतभार भने २१ हजार ६१४ मत रहेको छ । यस बाहेक २ हजार १५४ मत अन्य दलको रहेको छ । मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनीधिसभा र प्रदेशसभामा मतभारका आधारमा दोस्रो स्थान कब्जा गरेको नेपाली काँग्रेसको उमेद्वार नै छैन भने तेस्रो स्थानको नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तान र स्थानीय निर्वाचनमा १ हजार ६४८ मत पाएको नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा प्रतिनीधिसभाको लागि चुनावी मैदानमा छन् । यि दुवै उमेद्वारलाई नेपाली काँग्रेस एकलको टेकोको आधारमा चुनावमा होमिईरहेका छन् ।
नेतृत्वमा बलियो काँग्रेसलाई माओवादीले पेलेपछि …..
मकवानपुर–२ (क) मा जिल्लाको ५ पालिकाको ३२ वटा वडा पर्दछ । वडागत राजनीतिक शक्तिलाई दाँज्ने हो भने यहाँ नेपाली काँग्रेस बलियो छ । ३२ मध्ये १४ वटा वडा नेपाली काँग्रेसले जितेको छ । ११ वटा नेकपा एमालेले र नेकपा माओवादी केन्द्रले जम्मा ७ वटा मात्र वडा जितेको छ ।
माओवादी केन्द्रले निर्वाचन क्षेत्र अन्तर्गत पर्ने पालिकाको थाहानगरमा ६ र भिमफेदी गाउँपालिकामा १ वटा वडा बहेक अन्य पालिकाको विजयी वडा शुन्य छ । तर, शक्तिमा रहेको नेपाली काँग्रेसले गठबन्धनका कारण यस निर्वाचन क्षेत्रमा आफ्नो चुनाव चिन्हमा भोट हाल्न नपाउने भएको छ । घुमाउरो तरिकाले उसले माओवादीको पेलान भनेको छ । काँग्रेसले प्रतिनीधिसभामा नेकपा एकीकृत समाजवादीको कलम चिन्ह र प्रदेश सभामा नेकपा माओवादी केन्द्रको गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिन्हमा भोट हाल्नुपर्नेछ ।
वडागत विजयी शक्तिका हिसाबले पहिलो र मतभारका हिसाबले दोस्रो रहेको नेपाली काँग्रेसका एक कार्यकर्ताले भने–‘हारेपनि आफ्नै चुनाव चिन्हमा हार्दा मज्जा आउँछ, शक्तिमै रहँदा नि आफ्नो चुनाव चिन्हमा भोट हाल्न पाइँदैन भन्दै कसरी जनतासामू अर्काको चिन्हमा भोटमाग्न जानू ।’ ‘हातमा चारतारा अंकित झण्डा र रुख चुनाव चिन्ह लिएर जनता सामू जाँदा भोट चै गोलाकार भित्रको हसिँया हथौडामा हाल कसरी भन्नू ? प्रतिप्रश्न गर्दै ति कार्यकर्ताले थपे । आफूलाई नेपाली काँग्रेसको क्रियाशील सदस्य बताउने अर्का एक कार्यकर्ताले भने,–‘प्रतिनीधिसभा र प्रदेश सभामा त आफ्नो चुनाव चिन्हमा भोट हाल्न पाएनौं समानुपातिकमा त हाल न भनेम् संविधानको मर्म विपरितका उमेद्वार भएपछि त्यहाँपनि नहाल्ने भन्ने काँग्रेस कार्यकर्तालाई कसरी बुझाऔं ?’
थाहानगरलाई सांसद पाउने अवसर
मकवानपुर–२ (क) मा नेकपा माओवादीकी कुमारी मोक्तानको ह्याट्रिक की थाहानगरलाई साँसद ? भन्ने बहस शुरु भएको छ । मकवानपुरको दुई नगरपालिका अन्तर्गत सदरमुकाम बाहिर रहेको थाहाबाट नेकपा एमालेबाट विष्णु प्रसाद ढकालको उमेद्वारी दर्ता भएसंगै थाहा नगरपालिकाले सांसद पाउने अवसरको ढोका खुलेको हो ।
यसअघि अहिले थाहा नगरपालिकामा गाभिएको साविक दामन गाविसका रुपचन्द्र विष्ट सांसद भएका थिए । विष्टले ०३८ र ०४३ सालमा मकवानपुर जिल्लाबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका थिए । त्यस्तै सूर्यबहादुर थापाको निर्वाचित मन्त्रीमण्डल गठन हुँदा २०३८ असार २ गते तिलक बहादुर नेगी श्रम तथा सामाजिक कल्याण मन्त्री भएका थिए । उनी हालको थाहा नगरपालिका वडा नम्बर ७ का हुन् । मुलुकमा प्रजातन्त्र आएपश्चात् हालको थाहानगरमा गाभिएका साविक गाविसहरुबाट कोही सांसद तथा मन्त्री भएका छैनन् ।
हालकी सांसद कुमारी मोक्तान २०६४ सालमा साविक मकवानपुर निर्वाचन क्षेत्र नम्बर ४ बाट संविधानसभा सदस्य र २०७४ सालमा मकवानपुर–२ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भैसकेकी छिन् । मोक्तानको श्रीमान् दावा तमाङ भने नेकपा एमाले हुन् । उनी केपी ओली नेतृत्वको सरकार छँदा मन्त्री समेत भएका थिए ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्