मकवानपुर प्रतिनीधिसभा क्षेत्र नम्बर १ मा २ स्वतन्त्रसहित १६ जना चुनावी मैदानमा छन् । क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादीसहित १४ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने भएको छ ।

कुल १ लाख ५९ हजार १५५ मतदाता रहेको क्षेत्र नम्बर १ मा पुरुष ७४ हजार ९३०, महिला ७५ हजार २२१ र अन्य मतदाता ४ जना रहेका छन् । क्षेत्र नम्बर १ मा ६२ मतदान स्थलमा १ सय ७२ मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा देशका प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादीको उमेद्वारी छ ।

पालिका प्रेस
थप जानकारी