कर्मचारी प्रशासन हेर्ने महाशाखा तथा शाखा प्रमुखहरूको विवरण माग गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार एक परिपत्र जारी गर्दै सबै मन्त्रालय, आयोग तथा सचिवालयहरूलाई तीन दिन भित्र कर्मचारी प्रशासन महाशाखामा विवरण बुझाउन भनेको हो ।

‘त्यहाँ मन्त्रालय/आयोग/सचिवालयमा कर्मचारी प्रशासन हेर्ने महाशाखा/शाखा प्रमुखको विवरण तपसिल बमोजिमको ढाँचामा तीन दिनभित्र तयार गरी यस मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा र इमेल federal.emp.admin@mofaga.gov.np मा उपलब्ध गराइदिनु हुन यस मन्त्रालयको मिति २०८०/०२/०३ को निर्णयानुशार अनुरोध छ’, मन्त्रालयले भनेको छ ।

पालिका प्रेस
थप जानकारी