लागूपदार्थ सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह हुसेनलाई प्रहरीले पक्राउ गरेको छ।

२७ भाद्रमा हेटौंडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौं जाँदै गरेको लु.प्र.०१–००१ ख ००१५ नम्बरको १२ चक्के ट्रकलाई चेकजाँच गर्दा चालक हुसेनले लागूपदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले हुसेनलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।

पालिका प्रेस
थप जानकारी