शंखमूल त्रिवेणीमा कुशे औशी (बुबाको मुख हेर्ने दिन) को अवसरमा २६ भाद्रमा गंगा आरती हुने भएको छ । मोक्षधाम शंखमूल नेपाल संस्थाको आयोजनामा थाहा–३ स्थिती शंखमूल त्रिवेणीमा गंगा आरती हुने कार्यक्रम तय भएको संस्थाका सचिव अनिल लामिछानेले जानकारी दिए ।
शंखमूलमा उक्त संस्थाले नियमित रुपमा गंगा आरती आयोजना गर्दे आएको छ । कुशे औशीको अवसरमा पनि संस्थाको नियमित कार्यक्रम अनुसार २६ भाद्र साँझ गंगा आरती कार्यक्रम तय भएको जनाइएको छ । २६ भाद्रमा आयोजित गंगा आरती विशेषतः पितृको सम्झनामा हुने संस्थाले जनाएको छ ।
शंखमूलमा हाल १०८ शंखधारा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ । उक्त धारामा स्नान तथा आरतीका लागि भक्तजनहरु पुग्ने गरेका छन् । सो क्षेत्रमा मोक्षधाम निर्माण गर्ने लक्षसहित विभिन्न संरचनाको निर्माणसम्बन्धी कामहरु भइरहेको छ ।















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्