नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रको प्रमुखमा माधव न्यौपाने आएका छन् । प्रमुख न्यौपाने २१ असोजमा पालुङ वितरण केन्द्रमा हाजिर भएका छन् । पालुङ वितरण केन्द्रका बीरमान रास्कोटी सरुवा भएसंगै अर्का वितरण प्रमुख माधव न्यौपाने हाजिर भएका हुन् ।

पालुङमा नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्दबाट माधव न्यौपाने पालुङ आएका हुन् । न्यौपाने यसअघि गोरखा, तनहुँ तथा मेलम्चीमा समेत प्रमुख भई कार्य गरिसकेका छन् । रास्कोटी नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रमा सरुवा भएका छन् । उनी दुईवर्ष अघि असोज महिनामा रत्नपार्क वितरण केन्द्रबाटै पालुङ आएका थिए । नेपाल विद्युत प्राधिकरणले ३१ भाद्रमा निर्णय गरी १ सय ४ जनाको सरुवा गरेको थियो।

पालिका प्रेस
थप जानकारी