सप्तरीको छिन्नमस्ता गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३ जना अधिकृतलाई पाखा लगाउँदै काजमा कार्यरत नायब सुब्बालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको छ ।
मन्त्रालयले गत माघ ९ गते नायब सुब्बा अरुणकुमार यादवलाई अर्को प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्म निमित्तको जिम्मेवारी सुम्पेको हो । वरिष्ठ अधिकृतहरू हुँदाहुँदै नासुलाई जिम्मेवारी दिएपछि गाउँपालिकाका अधिकृतहरूले मन्त्रालयमा निवेदन दिँदै कनिष्टको मातहतमा रहेर काम गर्न नसकिने जनाएका छन् । नयाँ प्रमुख प्रशासकीय अधिकृत वा भएका अधिकृतमध्ये कसैलाई जिम्मेवारी दिन उनीहरूले आग्रह गरेका छन् ।
पाठ्यपुस्तक दिन नसक्ने, शिक्षक कर्मचारीले तलब नपाउनेलगायत समस्याका कारण यो पालिका विवादमा रहँदै आएको छ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाको काम नै अघि बढ्न नसकेको अवस्थामा मन्त्रालयले नासुलाई जिम्मेवारी दिएको छ । तर, मन्त्रालयको निर्णयले अर्को विवाद थपिएको छ ।
नासु यादव गाउँपालिकामा काजमा कार्यरत छन् । उनको दरबन्दी मन्त्रालयमा नै छ । गत भदौमा प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिंहको छिन्नमस्ताबाट सरुवा भएको थियो । त्यसयता पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन थियो ।

















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्