​सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत एक हजार ६ सय १३ कर्मचारीको सरुवा गरेको छ।

मन्त्रालयले २१ मंसिरमा ती कर्मचारीहरूको अन्तर स्थानीय तहमा सरुवाको सूची सार्वजनिक गरिएको हो। लोक सेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयको भनाई छ ।

मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले सोमबार पत्रकार सम्मेलनमार्फत लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा सरुवा गर्न लागिएको जानकारी दिएका थिए । मन्त्रिपरिषदद्वारा स्वीकृत मापदण्ड अनुसार अन्तर स्थानीय तह कामकाजमा खटाउन दुवैतर्फका स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतको हस्ताक्षर भएको दोहोरो सहमति पेस गर्नुपर्ने व्यवस्था छ ।

हेर्नुहोस नामावलीः

powered by Advanced iFrame