मकवानपुरको पर्यटकीय गाउँ चित्लाङमा तीन दिनदेखि चल्दै आएको कृष्णलीलासहितको यस वर्षको कार्तिके नाच अजंगको राँगाको बलि दिएर सकिएको छ । चित्लाङ माझगाउँको डबलीमा २ कार्तिक बेलुकादेखि सुरु भएको कृष्णलीलासहितको कार्तिके नाच ३ कार्तिक विहान राँगाको बलि दिएसँगै समापन भएको हो ।
जात्रा भर्न आएका हजारौंको माझमा भैरवको मुखुण्डो लगाएका कालभैरवले अजंगको राँगाको घाँटी रेटेर रगत पिएका थिए । गणेश, वराही, महालक्ष्मी र कुमारीको मुखुण्डो लगाएकाहरूले पनि भुइँमा लडेको रागाँको घाँटीमा मुख लगाएर रगत पिए । कृष्णले कंशलाई मारेको खुसीमा उनीहरूले राँगाको बलि दिएका हुन् । बलि दिएको राँगाको मासु प्रसादका रूपमा नेवार समुदायमा बाँड्ने चलन छ ।
हेर्नुहोस् फोटो फिचर
प्रतिक्रिया दिनुहोस्