राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलका लागि नेपाली राजदूतमा प्रा धनप्रसाद पण्डितलाई नियुक्त गरेका छन्।

सदीय सुनुवाइ समितिबाट अनुमोदित पण्डितलाई बुधबार राष्ट्रपति पौडेलले राजदूतमा नियुक्त गरेका हुन्। संविधानको धारा २८२ को उपधारा १ बमोजिम पण्डितलाई राजदूत पदमा नियुक्त गरेको शीतल निवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पद्यकन्या क्याम्पसका पूर्वप्रमुख रहेका पण्डित नेपाली कांग्रेसको कोटाबाट राजदूतमा सिफारिस भएका थिए।

पालिका प्रेस
थप जानकारी