मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ का भवनाथ अर्याललाई प्रहरीले पक्राउ गरेको छ । ६४ वर्षीय अर्याल ३३ वर्षदेखि फरार रहेका थिए । उनी लुटपिट मुद्दाका प्रतिवादी हुन् ।

मकवानपुर जिल्ला अदालत हेटौंडाले वि.स.२०४८ साल माघ ६ गतेको फैसला अनुसार उनलाई १ हजार ५७५ रुपैयाँ जरिवाना सजाय तोकिएकोमा उनी फरार थिए । फैसला कार्यान्वयनका क्रममा वारदातपछि फरार रहेका अर्याललाई लामो समयपछि खोजतलास गरी पुस २ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी उनलाई मकवानपुर जिल्ला अदालत हेटौंडामा बुझाइएको छ । प्रहरीले यसलाई पुराना मुद्दाका फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउने प्रयासको एक महत्वपूर्ण उपलब्धि मानेको छ ।

पालिका प्रेस
थप जानकारी