मकवानपुर प्रहरीले यो वर्षको गाजा फडानी अभियान सुरु गरेको छ । प्रहरीले पहिलो चरण अन्तर्गत देशकै सबैभन्दा धेरै क्षेत्रफलमा गाँजा खेती हुने मकवानपुरको राक्सिराङ, कैलाश, इन्द्रसरोबर गाउँपालिका तथा थाहा नगरपालिकाको विकट क्षेत्रमा लगाईएको गाँजा खेती नष्ट गर्ने काम सुरु गरेको हो ।

पहिलो चरणको अभियान अन्तरगत प्रहरीले हालसम्म ८७ बिगहा क्षेत्रफलमा लगाएको गाँजा तथा अफिम खेती नष्ट गरेको प्रहरकिो प्रतिवेदनमा उल्लेख छ ।

पहिलो चरण अन्तर्गत ४ पालिकामा अवैध रुपमा खेती गरिएका र प्राकृतिक रुपमा उम्रेका ७५ बिगाह ७ कठ्ठा गाँजा खेती र १२ बिगाह ३ कठ्ठा अफिम खेती नष्ट गरेको प्रहरीको भनाई छ ।

पालिका प्रेस
थप जानकारी