मकवानपुरमा रुखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा .राक्सिराङ गाउँपालिका वडा नम्वर ५, ठाडे गाँउमा बस्ने अन्दाजी ५२ वर्षीय महादेब प्रजा रहेको मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।
प्रहरी निरीक्षक सापकोटाका अनुसार, ७ पुस बिहान पौने ११ बजेको समयमा राक्सिराङ गाउँपालिका–३, सिमलडाँडा जंगलमा पानीको कुलो खन्नका लागि प्रजासहित अन्दाजी ९–१० जनाको टोली गएका थिए ।
सो क्रममा एक्कासी सिमलको रुखको हाँगा भाँचिएर लाग्दा उनको मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले बताए ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्