नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित थाहानगरका संगम कार्कीलाई पालुङ जेसीजले बधाई तथा शुभकामना प्रदान गरेको छ । नेपाल जेसिजको सुनसरीमा ८ पुसमा सम्पन्न ५१औं राष्ट्रिय महाधिवेशनबाट कार्की राष्ट्रिय उपाध्यक्ष पदमा विजयी भएका हुन् । उनी पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष समेत हुन् ।

 

पालुङ जेसिजले थानाबजार स्थित गंगा होटलमा ११ पुसमा एक कार्यक्रमको आयोजना गरी उपाध्यक्ष निर्वाचित कार्कीलाई बधाई तथा शुभकामना दिएको हो। पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममामा पालुङ जेसीजका पुर्व अध्यक्षहरु सुरेन्द्रमान प्रधान, जयराम खत्री, संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, सानोभाइ कार्की, प्रदिप प्रधान तथा भरत गोपालीले शुभकामना तथा बधाई मन्तव्य दिएका थिए।

पालिका प्रेस
थप जानकारी