काभ्रेपलाञ्चाेककाे नमोबुद्ध नगरपालिकाले नेपाल पत्रकार महासंघ काभ्रे शाखाको १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।नगरपालिकाले बिहीबार आफ्नै भवनमा आयाेजित एक कार्यक्रमका बीच पत्रकारहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेको हाे। नगरप्रमुख कुन्साङ लामा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी लगायतले निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेका हुन् ।
कार्यक्रममा नगरप्रमुख लामाले राज्यको चौथो अंगले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने वातावरण बनाउने क्रममा नमोबुद्ध नगरपालिकाले गर्नुपर्ने सबै सहयाेग गर्न आफू तयार रहेकाे बताए । उनले स्थानीय सरकारलाई सल्लाह, सुझाव र समन्वयका लागि संचार क्षेत्रको निरन्तर सहयोग र सुझावको अपेक्षा रहेको बताउँदै पत्रकारहरुका दुःखलाई राज्यले उचित सम्बाेधन गर्नुपर्ने बताए ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले समाजको आधारभूत चरित्र जुनसुकै पेशामा रहँदा पनि भिन्न नहुने भएकाले पत्रकारिता पेशामार्फत मुलुक र राष्ट्रको समुन्नत विकासमा सक्रिय रहन सुझाव दिँदै सफल कार्यकालकाे शुभकामना दिए । गिरीले पत्रकारले नागरिकलाई सहि सूचना दिन कहिले पनि कन्जुस्याईं नगर्न सुझाए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेले नागरिकका अधिकार स्थापित गर्ने अभियानमा जिल्लाका संचारकर्मीहरुले स्थानीय तहसँग सहकार्य गर्ने बताए । कार्यक्रममा नगरपालिकाका कर्मचारीहरु, नगरपालिका युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्वअध्यक्ष मोतिराम तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघ काभ्रेकाे नवनिर्वाचित कार्यसमितिमा विनोदकुमार न्यौपाने अध्यक्ष, कपिल कोइराला उपाध्यक्ष, सम्झना गौतम महिला उपाध्यक्ष, नगेन्द्र अधिकारी सचिव, देवराज केसी सहसचिव, निरञ्जुल कायश्थ सहसचिव, केशवराज पौडेल कोषाध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै कार्यसमिति सदस्यमा ज्ञानमणि नेपाल कालाेटाेपी, मोहनकृष्ण तिमल्सिना, रञ्जित बोहोरा, विकास तिमल्सिना, पुरुषोतम ढकाल, सविता न्यौपाने, शिशिर दोङ, शरण हुमागाईं र रोशन तिमल्सिना निर्वाचित भएका छन् ।




















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्