सरकारी स्वामित्वका व्यावसायिक कम्पनी र व्यवसाय गर्ने संस्थाहरूलाई कर बुझाउन काठमाडौं महानगरपालिकाले पत्राचार गरेको छ ।

सरकारी स्वामित्वमा रहेका र सामाजिक संघसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थाहरुलाई कर तिर्न पत्राचार गरेको हो ।

पहिलो चरणमा यसरी पत्र पठाइएका संघसंस्थाहरुमा कृषि सामग्री कम्पनी लिमिटेड, कुलेश्वर, पशुपति क्षेत्र विकास कोष, मारवाडी सेवा समिति, फसिखेल, न्युरोड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड छन् ।

यी कम्पनीहरूलाई सम्पत्ति कर र वहाल कर तिर्न पत्राचार गरिएको राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिए ।

 

पालिका प्रेस
थप जानकारी