मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको हेटौंडा एडभेञ्चर क्लबको प्रथम वार्षिक साधारणसभाले सुशिल सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । १३ पुसमा हेटौंडा १८ स्थित गुम्बाडाडा पार्कमा क्लबको साधारणसभा भएको हो ।

उपाध्यक्ष पुरुषोत्तम रिमाल, सचिव मनोज कुमार गौतम, सहसचिव सिताराम तिमल्सिना, कोषाध्यक्ष जमुना गौतम सदस्यहरु अशोक चौलागाईं निसना आचार्य लक्ष्मी अधिकारी ओम प्रसाद फुयाल, अप्सरा पौडेल, बिक्रम लुईटेल बिजयराज थिङलगायत रहनुभएको छन् । समितिको अवधी ३ बर्षको रहनेछ । क्लबले सामाजिक खेलकुद तथा पर्यटकिय क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।

बागमती प्रदेशका पूर्व खानेपानी उर्जा तथा सिचाइ मन्त्री तथा बागमती प्रदेश सभा सदस्य माननिय एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सभामा निवर्तमान वडा अध्यक्ष राजन थापा टिम टेलिभिजनका अध्यक्ष नवराज खतिवडा, समाजसेवी सुबोध रिमाल, समाजसेवी उर्मिला श्रेष्ठ, सल्लाहकार किरण लामिछाने, प्रेम प्रसाद चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ क्लबले समाजिक र पर्यटकिय क्षेत्रमा गरेको कार्य को प्रशंशा गर्दै आगामी दिनमा समेत रचनात्मक कार्य गर्नको लागी प्रोत्साहन गरे । श्रेष्ठले क्लवले गर्ने कार्यक्रम को उचित योजना बनाएर पेश गरेका प्रदेश सरकारबाट समेत सहयोग हुने बताए । साधारणसभामा अध्यक्ष सुशिल सुवेदीले प्रतिवेदन पेश गर्नुभएको थियो। साथै बिशिस्ट अतिथि निवर्तमान वडा अध्यक्ष राजन थापाले आगामी कार्यक्रमहरु सफलताको शुभकामना ब्यक्त गरे । सभामा नवराज खतिवडा सुबोध रिमाल क्लकका सल्लाहकार किरण लामिछानेले शुभकामना मन्तब्य तथा उपाध्यक्ष पुरुषोत्तम रिमालले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रम क्लबका सचिव मनोजकुमार गौतमले सञ्चालन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी