मकवानपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको थाहा नगरपालिका वडा न्मवर १० न्हुँलगाउँ बस्ने वर्ष ५३ को हिराकाजी गोपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, गत पुष ८ गते आगो ताप्ने क्रममा सामान्य विवाद हुँदा हिरालाललाई स्थानीय ४७ वर्षीय जयराम गोपालीले कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएका हिरालाललाई उपचारको लागि काठमाडौंको दिर्घायु अस्पतालमा पठाइएको थियो ।
उनको सोही अस्पतालमा उपचारको क्रममा पुष १२ गते शुक्रबार मृत्यु भएको हो । प्रहरीले कुटपिट गर्ने जयरामलाई नियनत्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्