पुस १६ गते स्थानीय तहका कर्मचारीहरुले मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने भएका छन् ।

आफूहरुको पदस्थापनाको माग राख्दै कर्मचारीहरुले धर्ना दिन लागेका हुन् । यसअघि उनीहरुले पुस १२ गते मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय तथा मुख्यमन्त्रीको आवासमा धर्ना दिएका थिए ।

मधेश सरकारले केही महिनाअघि बनाएको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको स्थानीय  सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ त्रुटिपूर्ण रहेको र सोही कारण आफूहरू समस्यामा परेको स्थानीय तहका कर्मचारीहरूको गुनासो छ ।

पालिका प्रेस
थप जानकारी