मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा अवस्थित सिमलटार टोल विकास संस्थाको १९ पुसमा वार्षिक साधारण सभा तथा अभिवेसन भएको छ । संस्थाका अध्यक्ष श्यामप्रसाद लामाको अध्यक्षतामा भएको सभाले विष्णुकुमारी बजगाईको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन भएको थियो ।

समितिको उपाध्यक्षमा सुनिता घलान सचिवमा उषा लम्साल घिमिरे, सहसचिवमा सावित्री गौतम अधिकारी, कोषाध्यक्षमा सुनमाया लोप्चन(लक्ष्मी) चयन भएका छन् भने सदस्यहरुमा सरिना थिङ र अप्सरा पुडासैनी ओझा चयन भएको थियो । त्यस्तै उक्त भेलाले सिमलटार कृषि तथा पशुपालन समूहको तदर्थ समिति गठन गरेको छ । समितिको अध्यक्षमा यज्ञप्रसाद तिमल्सिना, सचिव श्रीराम अर्जुन दहाल र कोषाध्यक्ष सरिता तिमल्सिना चयन भएका छन् भने २२ जना सदस्य सर्वसम्मत चयन गरिएको छ ।

वडा नम्बर ५ का वडाध्यक्ष दिपेश दहालको प्रमुख आतिथ्यतामा भएको भेलामा टोल विकास संस्थाका सल्लाहकारद्धय चन्द्रप्रसाद दुलाल र यज्ञप्रसाद तिमल्सिनाको आतिथ्यता रहेको थियो । सभामा संस्थाका सचिव श्रीराम अर्जुन दहालले प्रगति तथा आर्थिक प्रतिवेदन संयुक्त रुपमा प्रस्तुत गरेका थिए ।

सभामा वडाअध्यक्ष दहालले टोल विकासमा महिलाहरुको पूर्ण कार्यसमिति रहेकाले बधाई ज्ञापन गर्दै वडा सँगको सहकार्यमा टोल भित्र आवश्यक क्रियाकलाप गर्ने बताए । कृषि समूह दर्ता गरेपछि वडा पालिका सँगै प्रदेश सरकारसँग पनि विभिन्न कृषि र पशुका योजनाहरुमा काम गर्न सकिने उनले बताए । कृषिका यान्त्रिकीकरणका साथै तालिम गोष्ठी गर्न सहजता रहनाले कृषि समूह आवश्यक रहेको बताए ।

पालिका प्रेस
थप जानकारी