काठमाडौँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८ जना उपसचिव र २५ जना तृतीय श्रेणीका शाखा अधिकृतहरुको सरुवा गरेको छ । यसरी सरुवा गर्दा ३ वटा स्थानीय तहले प्रमुख प्रशासकीय अधिृकत पाएका छन् भने एकजना प्रमुख प्रशासकीय अधिकृत मन्त्रालय तानिएका छन् ।

संघीय मामिला मन्त्रालयले ८ जना उपचसचिवको सरुवा गर्दा वाराको निजगढ नगरपालिकामा राजेन्द्रबहादुर अर्याललाई पठाएको छ भने राजेन्द्र प्रसाद घिमिरेलाई स्याङजाको चापाकोट नगरपालिकामा कामकाजका लागि खटाएको छ । २५ जना अधिकृतको सरुवा हुँदा एक जना प्रमुख प्रशासकीय अधिकृतबाट मन्त्रालय तानिएका छन् भने एक जनालाई स्थानीय तहको प्रशासकीय जिम्मेवारी दिइएको छ ।

मन्त्रालयका अनुसार रुपन्देहीको मर्चवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई संघीय मामिलाको अतिरिक्त समूहमा सरुवा गरिएको छ भने जिसस कैलालीमा कार्यरत देवीप्रसाद जोशीलाई डोटीको पूर्वीचौकी गाउँपालिकामा कामकाजका लागि खटाइएको छ ।

पालिका प्रेस
थप जानकारी