बाराको जीतपुरसिमरा उपमहानगरपालिका र स्वास्थ्य संस्थामा आवद्ध करार र ज्यादारी कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा आवद्ध  हुने भएका छन् । मेयर राजन पौडेलका अनुसार उपमहानगरपालिकाले गत ९ चैतमै करार र ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने निर्णय गरेको थियो ।

उपमहानगरले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन चाहने कर्मचारीलाई आवेदन दिन आह्वान पनि गरिसकेको प्रमुख प्रशासकीय अधिकृत वालाराम खड्काले जानकारी दिए ।

उनका अनुसार कोषमा कर्मचारीले खाइपाइ आएको पारिश्रमिकमध्ये कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलव मानी त्यसको २० प्रतिशत जीतपुरसिमरा उपमहानगपालिका र ११ प्रतिशत योगदानकर्ताले जम्मा गर्नुपर्नेछ ।

WhatsApp-Image-2025-04-17-at-19.04.27-(1)-1744976140.jpeg

पालिका प्रेस
थप जानकारी