बागमती प्रदेश सरकारले २४ वैशाखमा सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसर पारेर उक्त दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार सूचना जारी गर्दै भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो । प्रदेश सरकारले ‘सरकारी कामकाजी भाषा ऐन ०७९’ कार्यान्वयनमा आएको दिन २४ वैशाखलाई ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सार्वजनिक बिदा दिएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन् ।
यसअघि बागमती प्रदेश सरकारको १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले २४ वैशाखमा भाषा दिवसको दिन पारेर सार्वजनिक बिदा दिने गरी प्रदेश सरकारको क्यालेन्डरमा नै उल्लेख गर्ने निर्णय गरेको थियो।



















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्