मकवानपुर थाहा नगरपालिका वडा नम्बर ५ तसरको दुर्गादेवी आधारभूत विद्यालयका १ सय ७० विद्यार्थीले शैक्षिक सामग्री सहयोग पाएका छन् । ‘मानवताको लागि सहयोग’ नामक सामाजिक संस्था मार्फत बाल विकासादेखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरूले सहयोग सामग्री पाएका हुन् ।

विद्यालयका शिक्षक हिराचन थापाका अनुसार संस्थाले आवश्यक कापी, कलम, झोला लगायतका सामग्री वितरण गरेको हो। शैक्षिक सामग्रीले विद्यार्थीको पढाइमा थप सहजता आउने विश्वास लिएको थापाले प्रतिक्रिया दिए । विद्यालयको प्रांगणमा आयोजित वितरण कार्यक्रममा संस्थाका अध्यक्ष मधुसूदन ध्वज खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण लामा, शिक्षक, अभिभावक तथा स्थानीयको उपस्थिति थियो।

संस्थाका अध्यक्ष खडकाले शिक्षा नै दीर्घकालीन परिवर्तनको माध्यम भएकोले ग्रामीण विद्यालयहरूमा यस्ता सहयोग कार्यक्रमलाई प्राथमिकता दिइएको बताए। स्थानीय अभिभावकहरू तथा विद्यालय प्रशासनले संस्थाको प्रशंसा गर्दै योगदानप्रति धन्याद दिएका छन् ।

पालिका प्रेस
थप जानकारी