बिहीबारदेखि कर्मचारीको महँगी भत्ता मासिक ५ हजार पुगेको छ । अर्थ मन्त्रालयले सबै सरकारी निकायलाई परिपत्र गर्दै बजेटको व्यवस्था अनुसार कर्मचारीको महँगी भत्ता पाँच हजार पुर्‍याउन निर्देशन दिएको हो ।

मार्गदर्शनको बुँदा नम्बर ६८ मा भनिएको छ, ‘आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नं. ३४९ बमोजिम सबै राष्ट्रसेवकहरूका लागि साउन १ गते देखि लागू हुने गरी महँगी भत्ता बापत मासिक पाँच हजार रुपैयाँ भुक्तानी गर्ने व्यवस्था मिलाउनु हुनेछ ।’

चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब वृद्धिको सट्टा महँगी भत्ता बढाएका थिए । यसअघि दुई हजार रुपैयाँ रहेको महँगी भत्ता ती हजार बढाइएको थियो ।

पालिका प्रेस
थप जानकारी