संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको वार्षिक सरुवा प्रक्रिया व्यवस्थापन गर्न देशभरका मन्त्रालय, आयोग, सचिवालय, निकाय तथा निजामती कर्मचारीहरूलाई स्पष्ट कार्यविधि सहितको निर्देशन जारी गरेको छ।
निजामती सेवा ऐन, २०४९ को दफा १८ र नियमावली, २०५० को नियम ३६ अनुसार भदौ महिनाभित्र सरुवा प्रक्रिया सम्पन्न गर्नु पर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले यस वर्षको सरुवा प्रक्रिया व्यवस्थित र समयमै सम्पन्न गर्न आवश्यक कार्यसूची सार्वजनिक गरेको हो।
मन्त्रालयको सचिव स्तरको बुधबार बसेको बैठकको निर्णय अनुसार अब सरुवाको लागि इच्छुक निजामती कर्मचारीहरूले आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गरी सरुवा निवेदन पेश गर्नु पर्नेछ।
सरुवा व्यवस्थापन पारदर्शी, समयबद्ध र कार्यसक्षम बनाउन मन्त्रालयले समयमै तयारी गर्न आह्वान गर्दै यस प्रक्रियामा ढिलाइ नगर्न विशेष आग्रह गरेको छ।कर्मचारी सरुवालाई प्रणालीगत बनाउँदै सेवा अनुभव विस्तार गर्ने उद्देश्यसहित अघि बढाइएको यस प्रक्रिया अन्तर्गत सरुवा चाहने निजामती कर्मचारी र सम्बन्धित कार्यालयहरूले समयसीमा भित्र सबै आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। सरुवा व्यवस्थापनलाई अझ पारदर्शी बनाउन मन्त्रालयले डिजिटल प्रणालीमा आधारित विवरण अद्यावधिक र समन्वयमा विशेष जोड दिएको छ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्