व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले व्यास नगरपालिकालाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने प्रतिबद्धता जनाएका छन् ।व्यास नगरपालिकामा कार्यभार सम्हालेपछि सोमबार सन्चारकर्मीहरुसँग लम्सालले व्यास नगरपालिका धेरै सम्भावनायुक्त नगरपालिका भएपनि जनप्रतिनिधि र कर्मचारी विच समन्वय नहुँदा यस अघि अपेक्षा अनुसार काम हुन नसकेको भन्दै अव आफुले जनप्रतिनिधि र कर्मचारी विच पुलको काम गरेर व्यासलाई उत्कृष्ट नगरपालिका बनाउने बताए ।
आफु कुनै राजनीतिक दवाव र प्रभावले काम नगर्ने भन्दै लम्सालले कानुन विपरित कुनै पनि काम नगर्ने स्पष्ट पारे । व्यास नगरपालिका आफ्नो जन्मभुमी भएको भन्दै जागिरे जिवनमा एक पटक जन्मभुमीको सेवा गर्ने इच्छा अनुसार व्यास नगरपालिका आएको बताए । यस अघि काम गरेको स्थानीय तहमा पनि सबैको समन्वयमा राम्रो काम गरेको भन्दै लम्सालले व्यासमा पनि राम्रो काम गर्ने प्रतिबद्धता जनाए ।
लम्साल चितवनको रत्ननगर नगरपालिकाबाट व्यास नगरपालिकामा हालै सरुवा भएका थिए ।

















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्