मकवानपुर जिल्लाभित्र सामुदायिक तथा संस्थागत गरी १ सय ४२ वटा माध्यमिक विद्यालयहरु सञ्चालित रहेकोमा अधिकांश सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएको छ । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को मकवानपुरको नतिजामा अधिकांश सामुदायिक विद्यालयहरुको नतिजा कमजोर देखिएको हो । सामुदायिकतर्फ ४ विद्यालयले शून्य नतिजा ल्याउँदा ९ वटा विद्यालयले १ जनामात्रै विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन् ।

यस्तै, १६ वटा विद्यालयको नतिजा १० प्रतिशतभन्दा न्यून देखिएको छ । जिल्लाका ५३ वटा विद्यालयको नतिजा ३० प्रतिशतभन्दा न्यून रहेको छ । जिल्लामा ३५ वटा संस्थागत विद्यालय रहेकोमा विद्यार्थी उत्तीर्णको हिसाबले उच्च प्रतिशत हासिल गर्ने प्रथमदेखि १८ औँ स्थानसम्म संस्थागत विद्यालयमात्रै रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।

जिल्लामै सामुदायिक विद्यालयतर्फ प्रथम भएको सरस्वती बालबोधिनी मावि इन्द्रसरोवर जिल्लाको उत्कृष्ट नतिजा सूचीमा १९ औं स्थानमा रहेको छ । संस्थागत विद्यालयहरुमध्ये ६ वटा विद्यालयले शतप्रतिशत नतिजा हासिल गर्दा ४ वटा सामुदायिक वद्यालयको नतिजा शून्य रहेको छ । सामुदायिकतर्फ जिल्लाको भीमफेदी गाउँपालिका–८ स्थित पञ्चकन्या मावि, राक्सिराङ गाउँपालिकाका राष्ट्रिय मावि, कालिका मावि र श्री माध्यमिक विद्यालयको नतिजा शून्य आएको छ । संस्थागततर्फ उत्कृट १० विद्यालयको ९६ प्रतिशत माथि नतिजा प्राप्त भएको छ । सामुदायिकतर्फ जिल्लाका उत्कृष्ट १० विद्यालयको नतिजा ७० प्रतिशतदेखि ८४ प्रतिशतसम्ममा सीमित भएको इकाईको तथ्याङ्कले देखाएको छ ।

सामुदायिक विद्यालयतर्फ अधिकांश ग्रामीण क्षेत्रका विद्यालयहरुकोनतिजा रामा्रेर हेटाँडौ बजार क्षेत्रभित्र उत्कृष्ट भनेर कहलिएका सामुदायिक विद्यालयहरु भने उत्कृष्ट १० भन्दा तल रहको छन् । हेटौँडा–१६ स्थित जनप्रिय मावि ७७ प्रतिशतका साथ तेस्रो भएको छ ।

यस्तै, झम्केश्वरी मावि थाहा नगरले ७५ प्रतिशत, प्रगति माविले ७४ प्रतिशत, भीमफेदीको वाराही मावि, थाहाको सरस्वती मावि, हेटौँडाको भुटनदेवी माविले ७२ प्रतिशत नतिजा प्राप्त गरेका छन् । वंशगोपाल मावि मकवानपुर गढी, नवज्योति मावि नागस्वती र जाल्पादेवी मावि मकवानपुरगढीले ७० प्रतिशत नतिजा प्राप्त गरी उत्कृष्ट १० मा पर्न सफल भएका छन् । जिल्लामा संस्थागत विद्यालयहरुतर्फ ६ वटा विद्यालयको शतप्रतिशत नतिजासहित ८० प्रतिशत माथिको नतिजा हासिल गरेका छन् । सामुदायिकतर्फ सबैभन्दा धेरै ८४ प्रतिशतमा सीमित हनु पुगेको छ ।

पालिका प्रेस
थप जानकारी