बागमती प्रदेश सरकारले २०७९ का लागि दिने बिदाको सूची सार्वजनिक गरिएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार २०७९ मा बागमती प्रदेश सरकारले ३ दिन सार्वजनिक विदा निर्धारण गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको प्रदेश राजपत्रमा वैशाख १ गतेदेखि चैत मसान्तसम्म संघीय सरकारले दिने बिदाको अतिरिक्त विदा दिने गरी सूचना प्रकाशित गरिएको छ ।
राजपत्रमा प्रकाशित विदाको सूचीमा जेठ २ गते उभौली पर्वको अवसरमा थामी समूदायको लागि मात्र विदा दिने सूचनामा जनाइएको छ । त्यस्तै भदौ २२ गते न्वागी पर्वको अवसरमा चेपवाङहरुको बसोबास रहेको मकवानपुर, धादिङ र चितवन जिल्लामा विदा दिने र फागुन १६ गते लदी पर्वको सार्वजनिक विदा दिने राजपत्रमा उल्लेख छ ।

















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्