२०७४ को स्थानीय तह सदस्य निर्वाचनमा दश जना मेयरको उमेद्वार भएको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका लवशेर विष्ट विजयी भएका थिए । उनले ९ हजार ९१ मत पाएका थिए । यो माओवादी केन्द्रका मेयरका लागि सबै वडाबाट पाएको कुल मत संख्या हो ।
त्यस्तै उपमेयरमा नेपाली काँग्रेसका खड्ग बहादुर गोपालीले ७ हजार ३०७ मतसहित विजयी भएका थिए । ०७४ को निर्वाचनमा माओवादी र काँग्रेसबीच थाहानगरमा चुनावी तालमेल भएको थियो ।
त्यसैगरी थाहानगरमा मेयर पदका उमेद्वार विष्णु प्रसाद ढकालले ६ हजार ५४९ मत पाएका थिए भने उपमेयरका उमेद्वार कल्पना बलामीले ६ हजार ७४५ मत पाएकी थिइन् । त्यस्तै राप्रपाका मेयरका उमेद्वार हरेराम कार्कीले ९५२, उपमेयर राममाया लामा (छुमी) ले ८९७, नयाँ शक्तीकी मयेरको उमेद्वार निरु लामाले १३९, उपमेयरका उमेद्वार तारालाल श्रेष्ठले १३७, राष्ट्रिय जनमोचाकी उपमेयर शोभा गोपालीले २३९ र मेयरका स्वतन्त्र उमेद्वार सहदेव तामाङले १ मत पाएका थिए ।
थाहानगरमा ०७४ को स्थानीय तह सदस्य निर्वाचनमा कुल २० हजार ६४१ मत खसेकोमा ६ सय १७ ब्यालेट मत बदर भएको थियो । सबैभन्दा बढि वडा नम्बर ९ मा ८७ ब्यालेट र सबैभन्दा कम वडा नम्बर १० मा १६ ब्यालेट मत बदर भएको थियो ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्