स्थानीय तह सदस्य निर्वाचन अधिकृतको कार्यालय इन्द्रसरोवर गाउँपालिकामा दुईजनाले उमेद्वारी दर्ता गराएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा जनता समाजवादीका देवकुमार लामाले पालिका अध्यक्षमा उमेद्वारी दर्ता गराएका हुन् ।

लामाले ११ वैशाखमा निर्वाचन अधिकृतको कार्यालय इन्द्रसरोवर गाउँपालिकामा मनोनयन दर्ता गराएका हुन् । उनका प्रस्तावक पूर्णबहादुर थिङ र समर्थक हिरामाया घिसिङ रहेकी छिन् ।

यस्तै ११ वैशाखमै इन्द्रसरोवर गाउँपालिका वडा नं ५ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार राजन लामाले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत बलराम लम्सालले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी