प्रदेश लोक सेवा आयोगले सुदूरपश्चिमका सबै स्थानीय तहलाई मनोमानी ढंगले कर्मचारी भर्ना नर्गन निर्देशन दिएपनि त्यसलाई लत्याउँदै कर्मचारी भर्ना गरेको पाइएको छ ।

बैतडीको दोगेडाकेदार गाउँपालिका, पुर्चौडी नगरपालिका र दार्चुलाको मालिकार्जुन गाउँपालिकाले मनोमानी रुपमा कर्मचारी भर्ना गरेको पाइएको हो । बैतडीको पुर्चौडी नगरपालिकाले अनमि पदमा ४ जना र स्टाप नर्स पदमा कर्मचारी भर्ना गरेको छ ।

यसैगरी दोगेडाकेदार गाउँपालिकाले सहायक कम्प्युटर अपरेटर पदमा ९ जनालाई राखेको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले विभिन्न पदमा गरी १५ जना कर्मचारी करारमा भर्ना गरेको छ ।

गाउँपालिकाले ८ जना कम्प्युटर सहायक, ३ जना भेटनरी जेटिए, ३ जना असिस्टेन्ट सब इन्जिनियर र १ जना उद्यम विकास संयोजकलाई करारमा भर्ना गरेको हो । यसरी करारमा कर्मचारी भर्ना नर्गन प्रदेश लोक सेवा आयोगले स्थानीय तहलाई पत्राचार गरेको थियो ।