नेकपा माओवादी केन्द्रको लाल किल्ला भनिदै आएको मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ३ मा वडास्तरमै तालमेलकाे तयारी छ । मकवानपुरका पालिकाको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष भागबण्डा लगाएको सत्ता गठबन्धनले वडा नम्बर ३ मा अध्यक्षदेखि सदस्यसम्मको पदमा तालमेल गर्ने तयारी भएको छ ।
नेकपा एमाले विरुद्धको सत्ता गठबन्धनको तालमेललाई थाहा नगरपालिकाको वडा नम्बर ३ मा मसिनो ढंगले कार्यान्वयन गर्ने माओवादी, काँग्रेस र राष्ट्रिय जनमोर्चाको योजना भएको बुझिएको छ । त्यसोतः नेकपा एमालेले वडा अध्यक्ष पदमा सुजन रायमाझीलाई अघि सार्ने वित्तिकै माओवादीले रणनीतिक उमेद्वारका रुपमा हिरेन्द्र रायमाझीलाई उमेद्वार बनाउने निर्णय गरेको हो । ३ नम्बर वडामा रायमाझीहरुको मात्र ५ दर्जन बढि घरधुरी रहेको छ ।
माओवादीले नेता लक्ष्मण विष्ट र राजीव कुमार स्याङ्तानलाई थाती राख्दै रायमाझीलाई उमेद्वार सिफारिस गरेको हो । यद्यपि विष्ट र स्याङ्तान पनि प्रभावशाली माओवादी नेता हुन् ।
रायमाझी अखिल क्रान्तिकारीका पुर्व जिल्ला अध्यक्ष हुन भने हाल माओवादी केन्द्र ३ नम्बर वडा अध्यक्ष तथा वाइसीएल जिल्ला सदस्य हुन् । २०५६ सालदेखि तत्कालीन जनमोर्चा नेपालको विद्यार्थी संघठन तथा इन्द्रेणी सास्कृतिक समाजबाट राजनिती यात्रा सुरु गरेका थिए ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्