मकवानपुर थाहा नगरपालिकाका वडा नम्बर ४ का बिनोद केसीले सवतत्त्र उमेद्वारी दिने घोषणा गरेका छन् । उनले पालिका प्रेससंग कुरा गदैृ भने–‘पार्टीमा आफूले गरेको योगदानको मुल्याङ्कन गरेन म स्वतन्त्र रुपमा वडा अध्यक्षमा उठ्छु ।’
यसअघि नेकपा माओवादी केन्द्र थाहानगरको सचिवालय सदस्य तथा थाहा ४ नम्बर इन्चार्ज समेत रहेका केसी अधिवेशन पश्चात् पार्टी सदस्य मात्र छन् । वि.सं. २०५१ सालदेखि तत्कालिन जनमोर्चाबाट राजनीतिक यात्रा थालेका केसी पूर्व विद्यार्थी नेता समेत हुन् ।
उनले भने–‘पार्टी भित्र मेरो मुल्याङ्कन भएन, त्यसैले उमेद्वारी हो, समाचार ढुक्कले लेख्नूस् ।’
उनले फेसबुकमा पनि उमेद्वारी दिने कुार लेखोका छन् ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्